काठमाडौं, २५ साउन– जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा अलीई इलेक्सन (मध्यावधि निर्वाचन) को खतरा अझै नटरेको बताएका छन् ।
कोरोनाजस्तै प्रतिगमनको नयाँ भेरियन्ट आउन सक्ने उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्ने बताएका हुन् । पहिलो भेरियन्टले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोले संविधानको आत्मा मार्ने गरी आउन सक्ने भट्टराईले उल्लेख गरेका छन् ।
‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्छ है १ पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्छ १ पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ । अतः ढुक्क भएर आ–आफ्ना पार्टी वा गुटतिर नफर्कौँ ।

प्रतिक्रिया