प्राकृति प्रकोप : चार महिनामा १५६ जनाको मृत्यु, ३७ जना वेपत्ता

काठमाडौं , २४ साउन । गत बैशाख महिनायता विपदमा परी १५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो चट्याङ, आगलागी, डढेलो लगायतका विपदमा परेर २०७८ बैशाख १ गतेदेखि साउन २४ गतेसम्म १५६ को मृत्यु हुनुका साथै ३७ जना वेपत्ता भएका हुन् ।जसमध्ये पहिरोमा परी ३५, बाढीमा २७, अविरल बर्षाले ८, चट्याङ लागेर ३९, सर्पले डस्दा १२ जनाको ज्यान गएको छ । त्यसैगरी आगलागीबाट १३, डढेलोबाट ३ र हावाहुरीबाट १ जनावरको आक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।सो अवधिमा ३५३ जना मानिस घाइते भएका छन् भने विपदबाट १७ हजार ३७ परिवार प्रभावित भएका छन् । त्यस्तै ८५ करोड ९० लाख ९५ हजार नौ सय ४२ रुपैयाँ अनुमानित क्षती भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति