न्यूनतम साझा कार्यक्रममा परेन उच्चस्तरीय संयन्त्र र स्थानीय तहलाई प्रदेश मातहत ल्याउने योजना

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको झण्डै एक महिनामा सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । गठबन्धनमा सहभागी दलका दोस्रो तहका नेताहरुले तयार पारेको न्यूनतम साझा कार्यक्रमलाई आइतबार विहान बसेको शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिएको छ । आइतबार अपरान्ह ४ बजे यसलाई सार्वजनिक गर्ने तयारी छ । एक नेताका अनुसार न्यूनतम साझा कार्यक्रममा सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र स्थानीय तहलाई प्रदेश मातहत ल्याउने दुवै विषय छैन ।जबकि संविधान विपरीत स्थानीय तहलाई प्रदेश मातहत ल्याउन पहल गर्ने विषय सरकारको न्यूनमत साझा कार्यक्रममा राखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले पनि विज्ञप्ति निकालेर विरोध गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति