सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं, २४ साउन । सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको सरकार संचालनका न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सरकारले आज सार्वजनिक गर्दैछ।शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको निर्णय अनुसार आज न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक गर्ने तयारी भएको गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बिहान १० बजेपछि उक्त कार्यक्रम सार्वजनिक गरिँदैछ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन अस्ति शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो। उक्त प्रतिवेदन प्राप्त भएपछि शनिबार शीर्ष नेतृत्वले छलफल गरेर आज सार्वजनिक गर्ने भएका हुन्। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति