काठमाडौं,२४ साउन। प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई पराजित गर्दै लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । केलेची ईहनाचोले पेनाल्टीमा गरेको एक मात्र गोल मद्दतमा वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लेस्टरले म्यानचेस्टर सिटीलाई १(० ले पराजित गरेको हो ।ईहनाचोले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा ईहनाचोलाई फाउल गरेपछि भिएआरबो सहायतामा लेस्टरले पेनाल्टीको अवसर पाएको थियो ।बेलायती कीर्तिमानी रकममा एस्टन भिल्लाबाट सिटी पुगेका ज्याक ग्रिलिसले पनि यसै खेलमार्फत सिटीबा लागि डेब्यु गरे ।ग्रिलिस खेलको ६५ औं मिनेटमा सामुएलको स्थानमा मैदान प्रवेश गरेका थिए ।लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । यसअघि सन् १९७१ मा उपाधि जितेको लेस्टरले ५० वर्षपछि कम्युनिटी शिल्डको उपाधि जितेको हो ।सिटीले भने ६ पटक उपाधि जितेको छ ।प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्ड फाईनलमा प्रतिस्पर्धा गर्ने गर्छन् ।
म्यानचेष्टर सिटीलाई हराउँदै लेस्टरले जित्यो कम्युनिटी शिल्डको उपाधि
प्रतिक्रिया