काठमाडौं, २४ साउन । एकदमै ख्याति कमाएका व्यवसायी तथा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको आपत् अझै बढ्ने देखिएको छ । राज कुन्द्राले मुम्बई क्राइम ब्रान्चद्वारा आफ्नो गिरफ्तारीलाई अदालतमा च्यालेन्ज गरेका थिए । जसको फैसला आएको छ ।अदालतले कुन्द्राको याचिका खारेज गरिदिएको छ । मुम्बई उच्च अदालतमा आफ्नो याचिकामा राज कुन्द्राले मुम्बई पुलिसले अवैधानिक तवरले गिरफ्तार गरेको दाबी गरेका थिए ।तर उनको याचिका उच्च अदालतले खारेज गरिदिएको छ । १९ जुलाईमा वियान ईण्डष्ट्रीजको अफिसमा छानबिन पछि पुलिसले सीआरपीसीको धारा ४१ ए अनुसार राजलाई गिरफ्तारी गरिएको जनाएको थियो ।
तर राज कुन्द्राले स्वीकार गर्न तथा त्यसमा साइन गर्न अस्वीकार गरेका थिए । जसपछि पुलिसले राजलाई गिरफ्तार गरेर जाँच सुरु गरिरहेको छ । उनलाई पो र्नोग्राफी केसमा पुलिसले न्यायिक हिरासतमा राखेर अनुषन्धान गरिरहेको छ । दिन दिनै उनी विरुद्ध गतिला प्रमाणहरू मुम्बई क्राइम ब्रान्चले जुटाई रहेको छ । उनका बिरुद्ध उभिनेहरू पनि थुप्रै निस्किँदै गएका छन् । विवादको घेरामा तानिएका राज कुन्द्रा विरुद्ध अभिनेत्री पुनम पाण्डे, शिर्लन चोपडा लगायतले पनि गम्भीर आरोप लगाएका छन् ।यति बेला अभिनेत्री शिल्पा शेट्टी एकदमै तनाव देखिएकी छिन् । उनले केही समय अगाडि अदालत र भारतीय न्यायालय प्रति सम्मान रहेको र जे निर्णय हुन्छ मान्ने बताएकी थिइन् ।
प्रतिक्रिया