पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय १० जनामा कोरोना संक्रमण

काठमाडौं, २३ साउन । शनिबार काठमाडौं उपत्यकामा थप ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ।कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति