माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज मनाङ जाँदै

काठमाडौं, २३ साउन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मनाङ जाँदैछन् ।मनाङमा निर्मित एक जलविद्युतको उद्घाटन गर्न प्रचण्ड आज मनाङ जान लागेका हुन् ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । उर्जामन्त्री पम्फा भुसाल लगायत सरकारी निकायका प्रमुखहरु, सचिवहरु समेत त्यसतर्फ जाने कार्यक्रम रहेको बुझिएको छ । उनीहरु हेलिकोप्टरमार्फत जान लागेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति