जापानबाट आयो ५ लाख १३ हजार डोज कोरोना खोप

काठमाडौं, २३ साउन । जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।कोभिशिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ / २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति