काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौं, २३ साउन । काठमाडौँको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगालागी भएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्रहरु लागिरहेका छन् । मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति