माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो यस्तो भयो छलफल

काठमाडौं, २२ साउन ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ। वुद्धनगरमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठक बसेको छ।केन्द्रीय कमिटी सदस्यहरूले मिश्रित धारणा राखेका छन्। कसैले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुनुपर्ने बताए भने कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए।आन्तरिक विवाद समाधान गरी पार्टी एकतामै अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। साउन ३ मा देउवालाई नेता नेपालसहित २२ एमाले सांसदले दिएका थिए।पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सम्बन्ध बिग्रेको छ। अध्यक्ष ओलीले नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नभएकोसमेत बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति