स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. गोविन्द केसीको माग

काठमाडौँ, २२ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको केसीको आरोप छ ।शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै डा. केसीले कोरोना महामारीका बेला कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प नभएको बताएका हुन् ।ुस्वास्थ्य राज्यमन्त्रीमा व्यवसायीको नियुक्ति हचुवा, छिटपुट वा असावधानीपूर्वक गरिएको नभइ अरु दसौं वर्षसम्म राजनीतिमा कालो धनको भूमिका संस्थागत गर्ने र नीतिगत भ्रष्टाचार सुनिश्चित गर्ने प्रयासका रुपमा भएको छ । यस्तो प्रवृत्ति स्वास्थ्य र मेडिकल शिक्षाका लागि त घातक छ नै, देशको लोकतन्त्र र विधिको शासनका लागि झनै घातक छ, विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति