साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइँदै

काठमाडौं, २२ साउन ।  गठबन्धनका तर्फबाट सरकारका न्युनतम साझा कार्यक्रम तयार पारिएको छ।उक्त साझा कार्यक्रम समेटिएको प्रतिवेदन आज कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम छ।प्रधानमन्त्री देउवालाई उक्त प्रतिवेदन बुझाउन समय लिइएको छ।नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका २, नेकपा माओवादी केन्द्रका २ र जसपाका २ जना सदस्य सम्मिलित कार्यदलले साझा कार्यक्रमको मस्यौदा तयार पारेको थियो।उक्त प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेपछि गठबन्धनका शीर्ष नेतासँग छलफल गरेर सार्वजनिक गर्ने तयारी छ।संसदलाई पूरै कार्यकाल चलाउने, मन्त्री चयन गर्ने मापदण्डलगायत विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति