भेरोसेलको दोस्रो मात्रा आजदेखि देशैभर लगाइँदै

काठमाडौँ, साउन २२ । देशभर आजदेखि कारोना विरूद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ। पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले २० लाखभन्दा बढी व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको जानकारी दिए। काठमाडौं उपत्कामा १ लाख ६५ हजार व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। खोपका लागि ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ। बिहीबारसम्मको तथ्यांक अनुसार हालसम्म ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले दोस्रो अर्थात कोरोना विरुद्दको पूर्ण खोप पाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति