ओलीले प्रदेश सांसद राजेन्द्र पाण्डेलाई बालुवाटार बोलाएपछि……

काठमाडौं, २२ साउन । बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित गर्ने बेलामा एक दिन एमाले नेता एवम् प्रदेश सांसद राजेन्द्र पाण्डेलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाए।
बालुवाटारमा ओलीले पाण्डेलाई मुख्यमन्त्री बन्ने प्रस्ताव गरे। जवाफमा पाण्डेले साढे तीन वर्ष डोरमणि पौडेलले चलाइसकेकाले अब अष्टलक्ष्मी शाक्यलाई बनाउन भनेछन्। तर ओलीले डोरमणिभन्दा पनि अष्टलक्ष्मी कमजोर रहेको बताएछन्।अर्को दिन ओलीले फेरि अष्टलक्ष्मी शाक्यलाई बोलाएछन्। साढे तीन वर्ष डोरमणि मुख्यमन्त्री भइसकेकाले तपाईं बन्नुस् भन्ने मेरो चाहना हो भनेछन्। तर पाण्डेले नमानेको कुरा ओलीले शाक्यलाई भनेछन्। पौडेलभन्दा शाक्य झन् कमजोर भएको भनेर पाण्डेले बताएको समेत ओलीले भनेछन्। जवाफमा शाक्यले आफू मुख्यमन्त्री नबन्ने भएकाले जोसुकैलाई बनाउन सुझाव दिएकी रहिछन्।यो प्रसंग बिहीबार एमाले वरिष्ठ नेता माधव नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा पाण्डेले सुनाएका हुन्।

‘एकै साथ हामी दुबैलाई एक अर्काको विरुद्धमा उक्साएर मुख्यमन्त्रीको प्रस्ताव ओलीले राखेका थिए। केही समय हामी दुईकै बीचमा ओलीले झण्डै मनमुटाव आउने बनाएका थिए,’ पाण्डेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले ओलीको कुरा पत्याएर अघि बढ्न हुँदैन। उनको भनाइमा विश्वास छैन। त्यसैले अलि सचेत हुनुपर्छ।’यसअघि ओलीले तत्कालीन नेकपामा विवाद हुँदा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वएमालेमा कोही नभएकोले आफूपछिको नेतृत्व लिन भनेका थिए। त्यस्तै, वरिष्ठ नेता माधव नेपाललाई पूर्वएमाले एक हुनुपर्ने प्रस्ताव गरेका थिए।आफूपछिको नेतृत्व गर्न समेत भनेका थिए। सँगै उपाध्यक्ष वामदेव गौतमलाई प्रचण्ड र नेपालको विश्वास नभएकोले नेतृत्वको लागि तयार हुन भनेका थिए। यो प्रसंगलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक(पटक सार्वजनिक कार्यक्रममा भन्दै आएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति