लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएकोमा एमालेको जनायो आपत्ति

काठमाडौँ, २१ साउन ।  लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि आह्वान गरेको विशेष अधिवेशन संविधान विपरीत भएको एमालेको दाबी छ ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरे ।‘अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश प्रमुखले बोलाउनुभएको विशेष अधिवेशनप्रति एमालेको गम्भीर आपत्ति छ,’ उनले भने, ‘यो संविधान विपरीत छ, यसले संविधान उल्लंघन गरेको छ ।’ ढकालले विशेष अधिवेशन आह्वानप्रति पार्टीमा थप छलफल गरेर अघि बढ्ने बताए ।

उनले सांसद विमला वलीले पार्टीको ह्वीप उल्लंघन गरेको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन आफू वलीको घर दाङ गएको दाबी गरे । वली एमाले संसदीय दलको बैठक र दाङ जिल्ला पार्टी कमिटीमा उपस्थित भएर हस्ताक्षर गरेकाले उनी एमाले नै भएको ढकालले तर्क गरे । वलीमाथि पार्टीले कारबाही गर्नसक्ने समेत उनले बताए ।प्रमुख सचेतक ढकालले मुख्यमन्त्री शंकर पोखरेलले तत्काल राजीनामा नदिने पनि बताए ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति