भूमिसम्बधी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन

काठमाडौं, २१ साउन । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन भएको छ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर नयाँ सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति