माधवपक्षीय केन्द्रीय कमिटी बैठक शुरू

काठमाडौं, २१ साउन ।  नेकपा एमाले विभाजन वा एकताको बारेमा निर्णय गर्न वरिष्ठ नेता माधवकुमार नेपालले आह्वान गरेको नेपालपक्षीय केन्द्रीय कमिटी बैठक शुरू भएको छ । बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाइएको बैठकमा सहभागी हुन नेपालसहितका नेताहरू पुगिसकेका छन् । पार्टी एकताको सन्दर्भमा केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।नेपालले बोलाएको बैठक अनधिकृत भन्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति