प्रहरी कै परीक्षामा ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, २१ साउन । विराटनगरमा प्रहरी जवान पदको लिखित परीक्षामा अर्कैको नामबाट परीक्षा दिने छ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। प्रदेश १ प्रहरी कार्यालय रानी तालिम केन्द्रमा सञ्चालित प्रहरी जवानको लिखित परीक्षामा परीक्षार्थी बनेर परीक्षा दिन खोज्ने क्रममा ६ जना नक्कली परीक्षार्थी पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। पैसा लिएर नक्कली परीक्षार्थी बनेर परीक्षामा सामले हुन खोज्ने भोजपुर पौवादुङ्मा गाउँपालिका ६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका ८ का १९ वर्षीय सरोज राई, धनकुटा शहिदभूमि गाउँपालिका ३ का २१ वर्षीय खपाङ राई र धनकुटा साँगुरीगढी गाउँपालिका ८ का २७ वर्षीया राजकुमार राई रहेका छन्।प्रहरीका अनुसार उनीहरुले भोजपुर पौवादुङ्मा ६ का सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भन्दै सोही ठाउँका संगम राईबाट नगद १ लाख १८ हजार, पौवादुङ्मा ६ कै सागर राईबाट १ लाख १८ हजार, धनकुटा साँगुरीगढीका सरोज राईबाट दुई लाख रुपैयाँ लिएको खुलेको छ। उनीहरुलाई प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति