काठमाडौं, २१ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि(स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो ।शनिबार भएको प्रि(स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।सञ्चारमाध्यममा यसबारे समाचार आएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएका थिए । त्यसअघि पनि युएन शाखा आफैंले प्रकरणमा छानविन गरिरहेको थियो ।शाखाका एक अधिकृतले प्रश्न पत्र बाहिरिएको खबर पाएपछि प्रश्नको सेट नै परिवर्तन गरेर परीक्षा गराइएको दाबी गरे ।
लामा नेतृत्वको समितिले गरेको अनुसन्धानका क्रममा यूएन शाखाकै एक कर्मचारीले प्रश्न पत्र चोरी गरेको पाइएको छ । समिति स्रोतका अनुसार चोरी भएको पुष्टि भएपछि युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई पक्राउ गरिएको छ ।
‘उनीहरुलाई सशस्त्र प्रहरी गण १ नम्बरको आन्तरिक थुनामा राखेर थप छानविन भइरहेको छ’ प्रहरीस्रोतले भन्यो । हवल्दार शाहको भाइबरमा प्रश्न पत्र भेटिएको छ ।
युएन शाखाका एक अधिकृतका अनुसार प्रि(स्याटको प्रश्न पत्र राखिएको दराजको चाबी प्रहरी उपरीक्षक ९एसपी० अनुपम शमशेर राणासँग थियो । ‘उनी चाबी लगाएर घर गएका थिए, प्रहरी परिचर बमसँग अर्को चाबी पनि रहेछ’ स्रोतले भन्यो, ‘बेलुका सबै घर गएपछि उनले प्रश्न पत्र निकालेको पाइएको छ ।’
प्रतिक्रिया