भारतमा थप ४२ हजार संक्रमित, ५३२ संक्रमितको मृत्यु

काठमाडौँ, २१ साउन   । भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ८१७ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १८ लाख १० हजार ७८२ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १७ हजार २३८ जना संक्रीय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ५३२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २६ हजार ३२१ पुगेको छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति