आयोग विघटनविरूद्ध मनोहरा बस्तीबाट सुकुम्बासीहरूले बिहीबार प्रदर्शन गर्ने

काठमाडौँ, २० साउन। भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध नेकपा एमालेनिकट युवा संघले बिहीबार प्रदर्शन गर्ने भएको छ।युवा संघको नेतृत्वमा मनोहरा बस्तीबाट सुकुम्बासीहरूले बिहीबार प्रदर्शन गर्ने भएका हुन्।कांग्रेस नेतृत्वको सरकारले मंगलबार आयोग विघटन गर्ने निर्णय गरेको थियो।

आफ्नो सरकारको पालामा गठन भएको आयोगले १ लाख ८३ हजार भूमिहीन, सुकुम्बासी तथा दलितलाई लालपूर्जा दिन लागेको बेला आयोग विघटन गरेपछि युवा संघले सुकुम्बासीसँगै प्रदर्शन गर्ने भएको हो।युवा संघका विभागीय प्रमुख तथा इञ्चार्ज महेश बस्नेतले बिहीबार ३ बजे मनोहरा बस्तीबाट सुकुम्बासीहरूको जुलुस निस्किने बताए। ‘सुकुम्बासीहरूलाई लालपूर्जा दिन लागेको बेला आयोग विघटन गर्नु दुर्भाग्यपूर्ण छ,’ बस्नेतले भने, ‘हामी सुकुम्बासीहरूसहित प्रदर्शन गर्दैछौं।’

बस्नेतले फेसबुकमा स्टाटस लेखेर सुकुम्बासी आन्दोलनमा ऐक्यवद्धता जनाउन अनुरोध पनि गरेका छन्। तत्कालीन केपी ओली सरकारले एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो। आयोगले काम थालेको १४ महिना पुग्दा कांग्रेस नेतृत्वको सरकारले विघटन गरेको थियो। यसअघि बुधबार नै नेकपा एमालेले विज्ञप्ति जारी गरी आयोग विघटनको विरोध गरेको थियो।यसअघि एमालेले गठन गरेको युथफोर्सको उपत्यका कमाण्ड कमिटी गठन हुँदा बस्नेतले आयोग खारेज भए देशभर आन्दोलन गर्ने बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति