काठमाडौं उपत्यकामा थपिए १,२७९ कोरोना संक्रमित

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकामा बुधबार १२७९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको छ ।यस्तै १,५३५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्तको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।यस्तै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ जना पुगेको छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति