फर्सी हो अनेकौं रोगको उपचार, यस्ता छन् फाइदा

काठमाडौं । फर्सी सर्वगुणसम्पन्न तरकारी हो । विज्ञहरूका अनुसार, यसमा क्याल्सियम, आइरन, फाइबर, प्रोटीन, कार्बोहाइड्रेट लगायतका गुणहरू भेटिन्छन् । नियमित रूपमा फर्सी खाने गर्दा रोगप्रतिरोधक क्षमता बढ्छ र तौल पनि घट्छ । रक्तचाप र मधुमेहका रोगीलार्य त फर्सी वरदान नै हो ।

टाइप २ डायबिटिजका रोगीले फर्सी खाँदा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसमा भरपूर पोटेसियम हुनाले रक्तचाप नियन्त्रणमा राख्न सहायता गर्छ ।

यसमा भिटामिन ए, सी र ई जस्ता गुण हुन्छन् । द्रुत गतिमा इम्युनिटी बढाउन यो प्रभावकारी छ । रुघाखोकी र अन्य मौसमी रोग लाग्ने जोखिमबाट यसले जोगाउँछ ।

यसमा फाइबर हुनाले पाचन समस्या वा कब्जियत भएकाहरूले खाएको राम्रो । यसले पाचनशक्ति बढाउँछ । फर्सीमा बिटा क्यारोटिन हुनाले आँखाका लागि यो स्वस्थ मानिन्छ । यसले आँखाको तेज बढाउनुका साथै नेत्ररोगबाट बचाउँछ ।

यसमा क्याल्सियम उचित मात्रामा हुनाले हाडहरूलाई बलियो बनाउँछ । दाँतको समस्या पनि यसले हुन दिँदैन । तौल घटाउन पनि फर्सी लाभदायक छ । मोटोपनको समस्या भोगिरहेकाहरूले दिनदिनै फर्सी खानुपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board