सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा सहचालकको मृत्यु

पाल्पा, १८ साउन । पाल्पा बुटवल सडकको माथिल्लो सिद्धबाबा मन्दिरनिर भएको दुर्घटनामा सहचालकको ज्यान गएको छ । चालक घाईते भएका छन् । दुर्घटनामा वालिङ्ग नगरपालिका ११, स्याङ्जाका २३ वर्षिय आशिष खाँडको ज्यान गएको हो । उपचारका क्रममा प्रादेशिक अस्पताल बुटवलमा आशिषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । चालक चापाकोट नगरपालिका ५ स्याङ्जाका २६ वर्षिय डिलु थापा घाईते भएका छन् । उनको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।स्याङ्जाबाट बुटवलका लागी छुटेको लु २ च ७३८७ नम्बरको बोलेरा जिपलाई माथि बाट झरेको पहिरोले पुरेको हो । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति