बीबीएस परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् आत्महत्या

काठमाडौं, १८ साउन । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै (सुसाइड नोट) लेखेर आत्महत्या गरेकी छन्। पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ वर्षीया कँडेलले आत्महत्या गर्नुअघि (सुसाइड नोट) समेत लेखेको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार (सुसाइड नोट)मा उनले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।मृतक कँडेलको शवको पोस्टमार्टम भए पनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति