कोरोना संक्रमण उच्च भएपछि जापानका पाँच शहरमा आपतकाल घोषणा

काठमाडौं, १८ साउन ।कोरोना संक्रमण दर बढ्दै गएपछि जापानले टोकियोसहित पाँच शहरमा आपतकालको घोषणा गरेको छ ।चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले एक ट्वीटमार्फत जानकारी गराएको छ ।होक्काइडो, क्योतो, इशिकावा, हयोगो र फुकौका लगायतका ठाउँमा संक्रमण नियन्त्रणमा राख्न सतर्कता उपाय कडाइका साथ लागू गर्ने जापान सरकारले जनाएको छ ।टोकियो महानगर सरकारले गएको चौबीस घण्टामा तीन हजार ८ सय ६५ संक्रमित थपिएको जनाएको छ । जापानमा भने दश हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति