महिलालाई जबर्जस्ती यौनकार्यमा लगाउन खोज्ने दुई जना अमरसिंहचोकबाट पक्राउ

पोखरा, १७ साउन । राम्रो काममा लगाइदिने भन्दै यौन शोषण गर्न लगाउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका (१२ अमरसिंहचोक स्थित एस के खाजाघर संचालन गरी बस्ने ५३ वर्षीया सोनाम गुरुङ र पोखरा –२७ रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त खाजाघर संचालन गर्दै आएका उनीहरुले राम्रो काममा लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पार्नुका साथै महिलाहरुलाई डर त्रास देखाएर पैसाको मोलमोलाई गरी यौन शोषण गर्न लगाएको आरोप प्रहरीको छ।
पक्राउ परेका उनीहरुविरुद्ध मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको साथै पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति