सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

काठमाडौं, १७ साउन। सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ ।

आइतबार चाँदीको भाउ स्थिर छ । शुक्रबार एक हजार दुई सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आइतबार बढेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति