सिसिएमसी बैठकः कोभिड–१९ महामारी नियन्त्रणको रणनीति बनाइँदै


काठमाडौं, १५ साउन । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा कोभिड महामारी नियन्त्रणका लागि कसरी संयन्त्रलाई चुस्त र प्रभावकारी ढङ्गले परिचालन गर्ने भन्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको सिसिएमसीको बैठकमा महामारीको पछिल्लो अवस्था र आगामी रणनीतिबारे छफफल भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको सो बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रधानसेनापति, सिसिएमसीका प्रमुख बालानन्द शर्मा र विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो ।नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । बढ्दो महामारी नियन्त्रण गरी जनजीवनलाई सामान्य तुल्याउने सन्दर्भमा बैठकमा छलफल भएको सिसिएमसीका एक अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन तीन हजार ६११ जना सङ्क्रमित थपिएका छन् भने २७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति