काठमान्डौ १५ साउन
प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका भिङ्ग्रिमा अनौठो खालको बच्चा जन्मिएको छ ।बच्चा जन्मिदै ससाना दातहरु पलाएको तर अनुहारमा भने नाक र ओठनै छैन र नाभिबाट पेटको भित्रि भाग नै बाहिर तिर निस्किएको बच्चा जन्मिएको छ ।गरिब परिवारमा यस्तो बच्चा जन्मिए पछि बच्चालाई कसरी उपचार गर्ने भन्ने बिषयमा परिवारमा अन्यौलता छाएको बताइएको छ।
बच्चाको दयनिय अवस्था भएपछि थप उपचारका निमित्त परिवारसँग आर्थिक अवस्था कमजोर र आयको बाटो कतै नभएकोले आफ्नो बच्चालाई बचाइदिन अपिल सहित अहिले परिवार मिडियामा आएको पनि जनाइएको छ ।
प्रतिक्रिया