मदन पुरस्कारको सूचीमा छानिए यी (पुस्तक नामसहित)


काठमाडौं, १५ साउन ।  मदन पुरस्कार २०७७ को लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट भएका छन् । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको हो । छनोट सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् । त्यस्तै, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह पनि सूचीमा अटाएका छन् । छनौटमा परेका ९ पुस्तकहरू मध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति