अध्यक्ष ओलीले अब पार्टी केन्द्रीय कार्यालयमा बैठक तथा भेटघाट गर्ने

काठमाडौं, १४ साउन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाट गर्ने भएका छन् । ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेका हुन् । सोही अनुसार बिहीबार ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेको ​केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । प्रधानमन्त्री रहँदा भने उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका थिए। अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति