काठमाडौं, १४ साउन । नेकपा एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको महाधिवेशनबारे व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले व्यङ्ग्य गरेका हुन् । मैले त पहिल्यै भन्या छु– कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ । तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्छु बाँस्कोटाले ट्वीट गरेका छन् देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ ? हामी पनि हेरौँ त ।
देउवाले गरेका निर्णय निरंकुश कसले भन्दो रहेछ ? हामी पनि हेरौँ त – गोकुल बाँस्कोटाको
प्रतिक्रिया