बाँकी विवाद टुंग्याउन क्रियाशील छानविन समितिलाई २४ घण्टाको समय थप

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उनले बताए ।प्रवक्ता शर्माका अनुसार समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुनेछ ।क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति