गुल्मीमा जीप दुर्घटना: तीनजनाको मृत्यु

काठमाडौं, साउन १३ । गुल्मीमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजे मुसिकोट(४ दोभानमा लु। १ ज ४५५१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार केही यात्रु घाइते भएका छन् । मुसीकोट नगरपालिका–४ दोभानबाट निस्ती खोलामा सडकबाट ५ सय मिटर तल जीप खसेको थियो ।जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष चन्दको टोली घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउनेक्रममा रहेको गुल्मी प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति