बलात्कार गरेको आरोपमा एक असई गिरफ्तार

इनरुवा, १२ साउन । एक ३१ वर्षीया महिलालाई वर्षौंसम्म यौनशोषण गर्ने र पछिल्लो पटक २०७७ चैत २८ गते इटहरीमा बलात्कार गरेको भन्दै नेपाल प्रहरीका असइ जितेन्द्रनारायण मण्डललाई गिरफतार गरिएको छ । मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दर्ता भएकाले साउन ११ गते गिरफतार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले असइ मण्डलविरुद्ध जबरजस्ती करणीको मुद्दा साउन ८ गते दिनुभएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताए ।

महिलाले न्यायका लागि आएकाले पीडकलाई गिरफतार गरी कानुनी प्रकृया अगाडि बढाएको केसीले बताए । पीडितको स्वास्थ्य परीक्षण पनि साउन ८ गते वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको जनाएको छ । ट्राफिक प्रहरी चौकी झापामा कार्यरत्त मण्डलको स्थायी घर सप्तरीको बोदेसरसाईन गाउँपालिका १ मा रहेको छ । मण्डलले महिलालाई अन्तिम पटक २०७७ चैत २८ गते राति इटहरी ६ स्थित गोरखा डिपार्टमेण्ट स्टोर पछाडि रहेको अरुण होटल एण्ड लजमा जबरजस्ती करणी गरेको पीडितको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति