प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो। भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र माओवादीबाट दुई–दुई जना गरी चार जना मात्र मन्त्रीहरु छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।
जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लागेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए । निर्वाचन आयोगले सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएकाले अब मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा छन् । अध्यक्ष प्रचण्डले आज विहान एमाललेका वरिष्ठ नेता माधव कुमार नेपाल संग पनि छलफल गर्नुभएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति