काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज २ बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने भएको छ।
निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बस्न लागेको हो। बैठकमा महन्थ ठाकुर समूहलाई पनि बोलाइएको छ। बैठकमा सहभागी हुने/ नहुने विषयमा ठाकुर पक्ष आन्तरिक छलफलमा छ। ठाकुर पक्षसँग पार्टीमा मिलेर अघि बढ्ने वा अर्को दल दर्ता गर्ने भन्ने दुई वटा विकल्प रहेकोले यसै बिषयमा छलफल गर्दैछ।
प्रतिक्रिया