काठमाडौं, १२ साउन ।संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।यस्तै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। बैठकमा सभामुखले पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
प्रतिक्रिया