जसपाको विवाद टुगिंयो :ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने

काठमाडौं, ११ साउन। जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । र १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ जना आयुक्तको इजलास बसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति