काठमाडौँ– राजनीतिमा अनेकन सम्भावना हुन्छन्, त्यसैले यसलाई सम्भावनाको खेल पनि भनिन्छ । यस्तै संंयोग पुनः दोहोरिएको छ, अर्थ मन्त्रालयमा । अर्थमन्त्री जनार्दन शर्माले पूर्वअर्थमन्त्रीहरूसँग यतिबेला राय, सुझाव र परामर्श लिइरहेका छन् । उनले आइतबार पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकरप्रसाद कोइरालालगायतसँग अर्थतन्त्र पुनरुत्थान, अर्थतन्त्रको स्थायित्व र समावेशीता, बजेट कार्यान्वयन लगायतका विषयमा छलफल गरेका थिए । अहिले अर्थमन्त्री शर्माले कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि अर्थतन्त्र पुनरुत्थान विधेयक ल्याउन लागेका छन् ।
COMMENTS