निर्मलाका हत्यारालाई कारबाही गर्न गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १० साउन । निर्मला पन्त हत्याका दोषी पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई बोलाएर निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार गृहमन्त्री खाँण र आईजीपी थापालाई बालुवाटारमा बोलाएर पन्त हत्यासँग सम्बन्धित हालसम्मको अनुसन्धानबारे जानकारी लिएका थिए ।उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।आइतबार निर्मलाका आफन्तले कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।कञ्चनुपरकी बालिका निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति