इन्डोनेशियामा संक्रमण तीव्र : एकै दिन ४५ हजार बढी मानिस संक्रमित

काठमाडौं, १० साउन । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै इन्डोनेशिया सरकारले अक्सिजन उत्पादकहरुलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आदेश दिएको छ । इन्डोनेशियाका विभिन्न शहरहरुमा संक्रमण बढ्न थालेसँगै अक्सिनको अभाव हुँदै गएको छ ।
इन्डोनेशियामा हरेक दिन ४५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिइरहेका छन् । अति संक्रामक डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै इन्डोनेशियामा संकटमा आएको हो । दक्षिण पूर्वी एसियामा कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित हुने देशमा पर्छ इन्डोनेशिया ।इन्डोनेशियामा हालसम्म ३१ लाख २७ हजार ८ सय २६ जना संक्रमित भएका छन् भने कोभिड–१९ बाट ८२ हजार १३ जनाको मृत्यु भएको छ । तर विज्ञहरुले संक्रमित र मृत्यु हुनेको वास्तविक संख्या निकै धेरै हुन सक्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति