युथ फोर्सले भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ : ईश्वर पोखरेल

काठमाडौं, ९ साउन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले हालै ब्युँताइएको युथ फोर्सलाई परिवर्तित परिस्थितिअनुसार काम गर्न निर्देशन दिएका छन् ।

आज राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले यस्तो निर्देशन दिएका हुन् ।‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरूले गनुपर्छ, भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ,’ उनले भने ।

पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएकोसमेत बताए । ‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहन्छन् भने त्यसलाई ठेगान लगाउने संगठन हो,’ उनले भने, ‘हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौँ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति