खाजा घरभित्रै कोरोना विरुद्धको खोप !

काठमाडौं, ८ साउन । अनाधिकृत रुपमा चिया पसलमा कोरोनाविरुद्धको खोप लगाउने नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् । अनाधिकृत रुपमा पसलमा कोरोना खोप लगाउन लाउने अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङ्लाका कांग्रेसका नेता चोपनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले बिहीबार दिउँसो फेसबुकमार्फत दुईवटा तस्वीर सार्वजनिक गरेका थिए । फेसबुकमा भनिएको थियो, ‘नेपाली कांग्रेसले सत्ता सञ्चालन गरेलगत्तै कोरोना भाइरसविरुद्धको खोप जनताका घरदैलोमा नै उपलब्ध, चैत मसान्तसम्म सम्पूर्ण देशबासीले खोप लगाइ सकिने छ ।’ उनले दुई तस्वीरसँगै यस्तो स्टाटस पोष्ट गरेपछि भाइरल भयो ।

चौतर्फी आलोचना भयो । त्यसपछि उनीसहित कोरोना खोप लगाइदिने दीपक श्रेष्ठलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक थापाका अनुसार अर्घाखाँची वाङ्लाको सन्देश नेवारी खाजाघर भित्र महिलालाई कोरोना खोप लगाइएको थियो। तस्वीरमा एक महिलालाई खोप लगाउँदै गरेको देखिन्छ भने टेबलमाथि आठ वटा भाइल तथा सिरिन्ज देखिन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति