नेम्वाङलाई प्रधानमन्त्री देउवाकोको प्रश्न, ‘संविधानमा ७६(५) किन लेख्नु भयो ?’

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङलाई संविधानमा ७६(५) किन लेख्नु भयो भनेर प्रश्न गरेका छन् । उनले आज संसदमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेम्वाङले नै संविधान सभाको नेतृत्व गरेको समयमा यो संविधान बनेको र आफू त्यही संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेको बताए । उनले भने, ‘प्रतिपक्षको उपनेता जी जानु भएछ, म उहाँलाई सोध्ने वाला थिए, संविधानमा ७६(५) किन लेख्नु भयो ।’ नेम्वाङले यो संविधान जारी हुँदा कहिल्यै पनि यो संविधान भत्किने छैन, संसद भंग हुने छैन भनेको स्मरणसमेत गराए । उनले आफूले राष्ट्रपतिको आह्वान अनुसार नै संसदमा बहुमत पु¥याएर प्रधानमन्त्री बनेको बताए । आफूलाई सुझाव तथा बधाई दिनेलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफूले वाचा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जतिसुकै महङ्गो भएपनि खोप ल्याएर जनतालाई दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘खोप जति सुकै महङ्गो भएपनि जनतालाई खोप दिन्छौं’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति