थपिए ६ जना मन्त्री, लिए आज सपथ


काठमाडौँ, ८ साउन ।   गण्डकी प्रदेश सरकारमा ६ जना मन्त्री थप भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन तीन जना गरी ६ जना थप भएका हुन् । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष माओवादीबाट अर्थमन्त्रीमा रामजी बराल, भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढा, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा दीपक थापाले शपथ लिए। यस्तै कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा कँडेलले शपथ लिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति