आज ओलीबाहेकका शीर्ष कम्युनिष्ट नेता एउटै मञ्चमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष कम्युनिष्ट नेताहरु आज एउटै मञ्चबाट प्रवचन दिन लागेका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुन लागेका छन्।

पुष्ष्लाल मित्रता केन्द्रले आयोजना गर्ने ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा सात जना कम्युनिष्ट नेता सहभागी हुनेछन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेनेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवले प्रवचन दिनेछन्।

कार्यक्रममा राष्ट्यि जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले प्रवचन दिने कार्यक्रम रहेको छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई भने बोलाइएको छैन।कार्यक्रम माधव नेपाल निकट नेत जगन्नाथ खतिवडाको अध्यक्षतामा गठन भएको पुष्पलाल मित्रता केन्द्रले गर्न लागेको हो । कार्यक्रम ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति