कम्युनिष्टले नपढे सिडियो र अञ्चलाधीश कहाँबाट ल्याउने– चीन कि रुसबाट : आरबी भण्डारी, नेता, नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं, ७ साउन । ‘मैले वि.सं. २०२४ सालमा नै एस.एल.सी. पास गरेको हुँ । तर, कम्युनिष्ट पार्टीमा लागेकाहरुले अर्थात् कम्युनिष्टहरुले बुर्जुवा शिक्षा लिनुहुँदैन भनेपछि पढाई छाडेर पार्टीको काममा मात्रै सक्रिय हुन थालें’, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको राजनीतिबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा लागेका आर बी भण्डारी अहिले सम्झना गर्छन् ।

त्यसपछि उनले २०२९ सालसम्म कलेज नगइ पार्टी काममा लागेका भण्डारीले एकदिन पुष्पलाललाई सोधेछन्, ‘माईला दाई π एउटा कुरा सोध्छु, मलाई त साह्रै पढ्न मन लागेको छ । अब कम्युनिष्टहरुले पढ्न हुदैन भन्ने रहेछ । के गरौं ?’ त्यसपछि डम्म अनुहार पारेको पुष्पलालले आँखा पनि ठूल–ठूलो बनाउदै र हाँस्दै भन्नुभयो रे, कल्ले भनेको ?’ भण्डारीले अझै स्पष्ट पारेछन्, बाहिररि त त्यसै भन्छन् ! अनि पुष्पलालले तिमी, हामीले राजनीतिक के को लागि गरेको रमाइलो गर्न कि ? सत्ता चलाउन ? भनेर प्रतिप्रश्न गरेछन् र भण्डारीले सत्ता चलाउन भनेपछि पुष्पलालले हो त्यसो भए, हामी सत्तामा पुगेपछि ७५ जिल्लाको सिडिओ र १४ जना अञ्चलाधीश कहाँबाट ल्याउने ? चीनबाट कि रुसबाट ? नेपालमा पढेको मान्छे नभएपछि त भाडामा विदेशी ल्याउनुप¥यो नि π भनेपछि आर.बी. भण्डारी तीनछक्क परेको बताए ।

पुष्पलालले बनारसमा बस्दै आएका नेता बलराम उपाध्यायलाई भनेर आरबीले पढ्न मन गरेको छ, यसलाई ६ महिना छुट्टी दिनु भन्नुभयो । मैले बनारसमा प्राइभेट फारम भरेर ईण्डियन कोर्स पढेर नै आई.ए. पास गरें । पछि अपराधशास्त्रमा एम.ए. पनि भारतमै बसेर पढें । त्यतिबेला अपराधशास्त्र त्यति धेरै पढिदैनथ्यो । पछि नेपालमा आएर एम.एड पनि गरें, भण्डारी बताउँछन् । यसअघि पोखरामा बसेर पार्टीको काम गर्दै आएका भण्डारीले आफ्नो बाबुआमालाई भने पढि’राछु भनेर ढाँट्दै आएका थिए ।

वि.सं. २०२५÷२६ सालतिर पार्टीको निर्णय बिना नै बुर्जुवा डिग्री पढ्न हुँदैन भन्ने ह्विम आयो । कसैलाई पढ्न मन लागेन अनि त्यसैलाई पार्टीको धारणा भनेर अफवाह फैलाइयो । त्यस बेला कम्युनिष्ट नेताहरु भूमिगत हुँदा एकले अर्काको परिचय गर्दा पनि राम्रोसँग सोध्ने र बोल्ने गरिदैनथ्यो । एकअर्काको परिचय बिना नै पार्टीको काम गर्नुपथ्र्यो । यो अवस्थामा शिक्षाबारे यस्तो गलत इन्ट्रेस्ट् आएको रहेछ ।

कम्युनिष्ट भनेको विरोधीको कुरा पनि पढ्ने हो, माक्र्सवादी पनि पढ्ने हो र आचरण गर्ने हो । पुष्पलालले क्लास लिने बेला बोलाएर कोर्स कन्टेन्ट दिनुहुन्थ्यो । सर्वहारा वर्गको पार्टी भइसकेपछि त, स्कूलको मुख नदेखेकोलाई पनि पढाउनुपर्छ । नजान्नेलाई पुष्पलाल आफैं बसेर सिकाउनुहुन्थ्यो । समाज विकासक्रमको बारे पनि सरल भाषामा सिकाउने पुष्पलालले । यी लगायत संसारका उत्कृष्ट कितावका साथै माक्र्स, एङ्गल्सहरुले लेखेका पुस्तकहरु पनि पढ्ने र पढेपछि पुष्पलालको अगाडि सुनाउनुपथ्र्यो । त्यसमा पुष्पलालले क्रमैसँग प्रश्नहरु गर्नुहुन्थ्यो, पोख्त बनाउनुहुन्थ्यो ।

त्यसैले त, भनिन्छ, एउटा असल र दक्ष कम्युनिष्ट हुने भनेको हजार जनता बराबर हुनु हो । राजाले पटक–पटक मान्छे पठाए पुष्पलाललाई लिन । सुख, सुविधा पाएको भए मान्छेको ज्यान न हो बाँच्न पनि सक्थ्यो । त्यसबेला भारतका तीन सिंह– कलकत्ताका भाइसाब भन्ने अयोध्या सिंह, दरभंगाका डा. भिएन. सिंह र फ्रोफेसर चन्द्रबली सिंह नेपाल कम्युनिष्ट पार्टीको सल्लाहकार पनि थिए । देशका प्रध्यापक र प्रोफेसरहरु पनि पुष्पलालको पार्टीमा हुन्थे । भारतको कम्युनिष्ट पार्टीको झगडा मिलाउन पनि पुष्पलाललाई मियोको रुपमा लिइन्थ्यो । सन् १९६२÷६३ सालतिरै पुष्पलालले पुस्तकहरु लेख्नुभएको छ, १५, १६ वटा पुस्तकहरु लेख्नुभएको छ । मनमोहन अधिकारी, शम्भुराम सिंह लगायतका नेताहरुले पुष्पलाललाई भारतमा बस्ने नेता भनेर होच्याउन पनि खोजे । तर, असहज परिस्थतीमा लेनिन पनि जर्मनीमा बस्नुपरेको थियो । माओ त्सेतुङले पनि लङ्मार्चमा पहाडहरुमा लुकेर बस्नुप¥यो । सत्ताको विरोध गर्नेलाई सत्ताले सहजै बस्न त दिदैनथ्यो नि, त्यो कुरा बुझ्नुपर्छ ।

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको उपलक्ष्यमा नेकपा नेता आर.बी.भण्डारी जसले भारतमा स्वर्गबास हुनुभएको पुष्पलालको शव नेपाल ल्याउन नदिएपछि पुष्पलालको खरानी छापामार शैलीमा नेपालमा ल्याएर त्यसलाई विधिवतरुपमा विसर्जन गरेका थिए । नेपाल पेजले भण्डारीसँग गरिएको संवादमा आधारित आलेखः)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति